यू–१९ विश्वकप

भारतविरुद्ध नेपालले पायो २९८ रनको विशाल लक्ष्य

काठमाडौं । आइसिसी यू–१९ विश्वकप क्रिकेटमा भारतले नेपाललाई २९८ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै २९७ रन जोड्यो ।

भारतीय ब्याटरसामु नेपाली बलरहरु निरीह बने । नेपालका लागि गुल्सन झाले सर्वाधिक ३ विकेट लिए ।

आकाश चन्दले एक विकेट लिनुबाहेक अन्य बलरले विकेट लिन सकेनन् ।

नेपालविरुद्ध भारतका दुई ब्याटरले शतक प्रहार गरे ।

भारतका कप्तान उदय सहारान र सचिन दासले शतक प्रहार गरे ।

सचिनले ११६ रन र कप्तान शहरानले १०० रनको योगदान दिए । ६२ रनमा ३ विकेट गुमाएको भारतका लागि दास र कप्तान उदयले दोहोरो शतकीय साझेदारी गरेका थिए ।

भारतका प्रियांशु मोलिया १९, अर्शिन कुलकर्णी १८ र आदर्श सिंह २१ रनमा आउट भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =