यू-१९ विश्वकप

पुरानो प्रतिद्वन्द्वी भारतलाई चुनौती दिँदै उपाधि होडबाट बाहिरिसकेको नेपाल

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले आफ्नो दोस्रो खेलमा बलियो टेस्ट राष्ट्र भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

खेल नेपाली समय अनुसार, दिउँसो १ः४५ बजे सुरु हुनेछ । नेपाल यसअघि ‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेलमा अर्को टेस्ट राष्ट्र बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो ।

सुपर सिक्सको पहिलो खेलमा भारतले पहिलो खेलमा न्यूजील्याण्डलाई पराजित गरेको थियो । भारत प्रतियोगिताको सेमिफाइनल नजिक रहेको छ । भारतसँगै सेमिफाइनलको दौडमा समूह १ बाट पाकिस्तान र बंगलादेश रहेका छन् । नेपाल भने प्रतियोगिताबाट यसअघि नै बाहिरिएको थियो ।

सुपर सिक्सको समूह १ बाट नेपालसहित न्यूजील्याण्ड र आयरल्याण्ड  सेमिफाइनलको दौडबाट बाहिरिएका छन् । नेपालले समूह चरणमा अफगानिस्तानलाई पराजित गरेर २ अंक हासिल गर्दै सुपर सिक्समा पुगेपनि अफगानिस्तान सुपरसिक्समा नरहेकाले सो २ अंक नेपालको सुपर सिक्समा नजोडिदा नेपाल अंक विहीन भएको हो । आजको खेलपछि नेपालको विश्वकप यात्रा सकिने छ र स्वदेश फर्किने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =