नेपाललाई लगातार झड्का, २९ रन बनाउँदा गुमायो तेस्रो विकेट

आईसीसी यु–१९ विश्वकपको सुपर सिक्सको पहिलो खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ।

पहिलो विकेट गएपछि आएका आकाश त्रिपाठी मात्रै ३ रन जोडेर आउट भए भने लगतै अर्को ओभरमा ओपनर अर्जुन कुमाल पनि पेबेलियन फर्किए।

आठौं ओभरको अन्तिम बल अघि नेपाल २८ रन जोडेको अवस्थामा आकाश आउट भएका हुन्। आकाशले १३ बल खेलेर ३ रन मात्रै जोडे।

अर्जुनले २६ बल खेलेर १४ रन जोडे। प्हिलो ओभरमै ८ रन जोडेका अर्जुनले त्यसपछि रन जोड्नै सकेनन्।

अन्य ब्याटर पनि चल्न सकेनन्। यसअघि ओपनर बिपिन रावल २ रन बनाएर आउट भएका छन्।

बिपिनले १२ बल खेल्दा मात्रै २ रन जोडेका हुन्। ९ ओभरको खेल सकिँदा नेपालले ३ विकेटको क्षतिमा ३१ रन जोडेको छ।

नेपालका लागि अहिले क्रिजमा ओपनर विशाल विक्रम केसी र कप्तान देव खनाल छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =