नेपाललाई पहिलो झड्का, २ रनमै आउट भए बिपिन
२०८० माघ १७ गते

आईसीसी यु–१९ विश्वकपमा बंगलादेशविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ। ओपनर बिपिन रावल २ रन बनाएर आउट भएका हुन्।
बिपिनले १२ बल खेल्दा मात्रै २ रन जोड्न सके। चौथो ओभरको अन्तिम बलअघि बिपिन क्याचआउट हुन पुगेका हुन्।
नेपालले एक विकेटको क्षतिमा १८ रन बनाएर खेलिरहेको छ। अर्जुन कुमालले १२ बलमा १० रन बनाएका छन्। अहिले आकाश त्रिपाठी क्रिजमा आएका छन्।
२०८० माघ १७ गते
प्रतिक्रिया
सम्बन्धित








