बंगलादेशविरुद्ध नेपाली टोलीमा विशाल र दुर्गेश
२०८० माघ १७ गते

काठमाडौँ । आइसिसी यु–१९ विश्वकपमा बुधवार बंगलादेशविरुद्ध हुने खेलमा नेपालले दुई परिवर्तन गरेको छ ।
नेपाली टोलीमा विशाल विक्रम केसी र दुर्गेश गुप्ताले कमब्याक गरेका छन् । यसअघिका टिममा उनीहरु परेका थिएनन् ।
विशाल ब्याटर र दुर्गेश बलर हुन् । दीपक डुम्रे र तिलक भण्डारी भने टोलीबाट बाहिरिएका छन् ।
नेपालले बंगलादेशविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । टस जितेर नेपालले पहिले ब्याटिङ रोजेको हो ।
खेल पौने २ बजेबाट सुरु हुनेछ ।
२०८० माघ १७ गते
प्रतिक्रिया
सम्बन्धित








