यू–१९ विश्वकप : सुपर सिक्समा नेपालले बुधबार बंगलादेश र शुक्रबार भारतसँग भिड्ने
२०८० माघ १४ गते

आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा बुधबार नेपालले बंगलादेशसँग खेल्ने भएको छ। दक्षिण अफ्रिकामा जारी विश्वकपका समूहचरणका सबै खेल आइतबार सकिएसँगैं दोस्रो चरणको खेल तालिका सार्वजनिक भएको हो।
आगामी शुक्रबार नेपाल र भारत भिड्ने छन्। बंगलादेश र भारतसँगका खेल ब्लोमफोन्टेनमा हुनेछ।
नेपाली टोली आइतबार इस्ट लन्डनबाट ब्लोमफोन्टन गएको छ। नेपाल शुक्रबार अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै सुपर सिक्समा पुगेको हो।
पाकिस्तान र न्युजिल्यान्डपछि समूह ‘डी’ को तेस्रो टोलीको रुपमा नेपालले दोस्रो चरणमा स्थान बनाएको हो।
समूह ‘डी’ को तेस्रो हुने टोलीले समूह ‘ए’ को पहिलो र दोस्रो स्थानसँग खेल्ने प्रावधान अनुरुप नेपालले भारत र बंगलादेशसँग खेल्न लागेको हो।
२०८० माघ १४ गते
प्रतिक्रिया
सम्बन्धित








