भरतपुरमा बोलेरोले बाइकलाई ठक्कर दिँदा बुवाको मृत्यु, छोरी गम्भीर

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-१६ शिबघाटमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते छन् । शनिबार साँझ भएको दुर्घटनामा बुवाको मृत्यु भएको छ भने छोरी गम्भीर घाइते भएकी हुन् ।

शरणपुरबाट नारायणगढ आउँदै गरेको बा प्र ०३-००१ च ११९७ नं. को बोलेरोले बा प्र ०३-००३प ८६२४ नं. को मोटरसाइकललाई शनिबार बेलुका करिब साढे सात बजेको समयमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा सोही स्थान बस्ने ४१ वर्षिय मधुसुधन खत्री र उनकी छोरी १५ वर्षीय अपेक्षा खत्री गम्भीर घाइते भएको अवस्थामा नयाँ मेडिकल कलेजमा उपचारको लागि पठाइएको थियो ।

उपचारको क्रममा राती करिब साढे आठ बजे मोटरसाइकल चालक बुवा मधुसुधन खत्रीलाई डाक्टरले मृत घोषणा गरेको हो । छोरीको भने उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै सवारी साधन र बोलेरो चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *