चाल्र्स मिशेलले इयु चुनावमा भाग नलिने
२०८० माघ १४ गते

एजेन्सी । युरोपेली काउन्सिलका अध्यक्ष चाल्र्स मिशेल युरोपेली संसदको चुनावी दौडबाट बाहिरिनुभएको छ । नोभेम्बरसम्म चल्ने आफ्नो वर्तमान जनादेशको बाँकी भागमा ध्यान केन्द्रित गर्ने बताउँदै उनी चुनावी दौडबाट बाहिरिएका हुन् ।
उनले आफ्नो आलोचना गर्नेहरुको कुरालाई स्वागत गर्दै आफ्नो बाँकी कार्यकाल राम्रोसँग् बिताउने मन्शाय बनाएको बताए । आफू युरोपेली चुनावमा उम्मेदवार नबन्ने र वर्तमान जिम्मेवारीहरू पूरा नहुन्जेलसम्म दृढ संकल्पका साथ काम गर्ने उनको भनाई छ ।
२०८० माघ १४ गते
प्रतिक्रिया
सम्बन्धित








