गगन थापाले मेची पुलबाट सुरु गरे ‘मेची-महाकाली संवाद यात्रा’
२०८० माघ १३ गते

झापा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मेची-महाकाली संवाद यात्रा शुभारम्भ गरेका छन् । उनले शनिबार बिहान झापाको भद्रपुर नगरपालिका-५ मेची पुलबाट संवाद यात्रा शुभारम्भ गरेका हुन् ।
महामन्त्री थापाले पार्टीले गर्ने कार्यक्रमसँगै संवाद यात्रा थालनी गर्न लागेका हुन् । संवाद यात्रामा जनताका कुरा सुन्ने, भाषणका कार्यक्रम नगर्ने तयारी छ । कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी माघ २६ गतेसम्म ‘समुदायमा कांग्रेस अभियान’ सञ्चालन गरेको छ ।
समुदायमा कांग्रेस अभियान अन्तर्गत सुरू महामन्त्री थापाको संवादयात्रा शुभारम्भ कार्यक्रममा अर्का महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेता प्रदीप पौडेल लगायतका नेताहरू उपस्थित रहेका थिए ।
२०८० माघ १३ गते
प्रतिक्रिया
सम्बन्धित








