सामान्य लक्ष्य भेटाउन संघर्ष गर्दै नेपाल, ९१ रन बनाउँदा गुमायो ६ विकेट
२०८० माघ १२ गते

आईसीसी यू १९ विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध १४६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ६ विकेट गुमाएको छ। नेपालले २७ र २८ औं ओभरमा लगातार विकेट गुमाएको हो।
२७ औं ओभरमा दीपक डुम्रे ५ रनमै आउट भएपछि आएका दीपेश कंडले अर्को ओभरमा मात्रै ४ रन जोडेर पेबेलियन फर्किए।
नेपालले २८ ओभरको खेल सकिँदा ६ विकेटको क्षतिमा ९१ रन बनाएको छ। कप्तान देव खनालले नेपाललाई अगाडी बढाइरहेका छन्। उनले ४४ रन बनाएर खेलिरहेका छन्। उनी बाहेक कुनै पनि ब्याटर टिक्न सकेका छैनन्।
नेपाललाई अब जितका लागि ५४ रन आवश्यक छ।
२०८० माघ १२ गते
प्रतिक्रिया
सम्बन्धित








