मोटरसाइकल चोरीमा संलग्न ३३ वर्षीय लामा ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौँ । मोटरसाइकल चोरीमा संलग्न एक जनालाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार काठमाडौँको धुम्बाराहीबाट मोटरसाइकल चोरीमा संलग्न सर्लाहीका बरहथवा नगरपालिका १ का ३३ वर्षीय दुर्गा लामालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

बागमती प्रदेश ०२–०२९ प ९७ ९२ नम्बरको मोटरसाइकल काठमाडौंको चण्डौल स्थित कृष्णमन्दिर नजिकबाट हराएको भनी यही माघ ९ गते काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन प्राप्त भएको थियो ।

वास्तविक नम्बर परिवर्तन गरि वैकल्पिक नम्बर प्लेट तयार गरिरहेको अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायताईकाइबाट खटिएको टोलीले मोटरसाइकल, हेण्डल लक तोड्ने टि, चाबीको ढिक्का, चाबी र वैकल्पिक नम्बर प्लेट सहित फेला पारी चोरीमा संलग्न लामालाई धुम्बाराहीबाट आज नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा आएका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त महाराजगंज पठाइएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सम्पूर्णलाई अनुरोध गरेका छन् ।

हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजग हुनुपर्ने समेत प्रवक्ता भट्टले बताए ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + ten =