बागमतीमा सत्ता गठबन्धनका चारै उम्मेदवार विजयी

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशबाट सत्ता गठबन्धनका चारै जना उम्मेदवार विजयी भएका छन् ।

महिलातर्फ नेपाली कांग्रेसका विष्णुदेवी पुडासैनी छ हजार ६२२ मतभार सहित विजयी भएकी छन् । उनले नेकपा (एमाले) की उम्मेदवार रोचकुमारी चौलागाईंलाई पराजित गरिन् ।

दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल विश्वकर्मा निर्वाचित भए । उनले ६ हजार ५१२ मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार ध्रुवराज विश्वकर्माले तीन हजार ५२ मतभार प्राप्त गरे ।

अन्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार जीतजंग बस्नेत निर्वाचित भए । उनले छ हजार ५३१ मतभार ल्याउँदा नेकपा एमालेका त्रिलोचन निर्मल पौडेल दुई हजार ३५९ मतभारसहित पराजित भए ।

अल्पसंख्यक तथा अपांगतातर्फ नेकपा (एमाले) का उम्मेदवार विवेक देवकोटालाई पराजित गर्दै माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी निर्वाचित भए । अधिकारीले ६ हजार ४३६ मत प्राप्त गर्दा प्रतिस्पर्धी देवकोटाले दुई हजार ७३४ मत ल्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *