मेयर बालेनले भोट नहाल्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा भोट नहाल्ने भएका छन् । हेटौँडामा मतदान जारी रहँदा काठमाडौँमै रहेका मेयर शाहले कसैलाई पनि भोट नदिने भएका हुन् ।

यो समाचार तयार पार्दासम्म उनी काठमाडौँमै रहेको स्रोतले बताएको छ । ‘उहाँ मतदान गर्न जानु भएको छैन,’ स्रोतले भन्यो, ‘जाने कुरो पनि छैन ।’ उपप्रमुख सुनिता डंगोल भने मतदानका लागि हेटौँडा पुगेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *