सेयर बजारमा निरन्तर पहिरो, कारोबार रकम ४ अर्बमा झर्‍यो

काठमाडौं । दुई दिन लगातार ओरालो लागेको सेयर बजारले आज पनि सोही यात्रालाई निरन्तरता दिएको छ ।

साताको पहिलो कारोबार दिन आइतबार २५ अंक र दोस्रो कारोबार दिन सोमबार ३१ अंकले घटेको नेप्से आज ०.४० अंकले घटेर २०९८.२९ विन्दुमा कायम भएको हो । सेन्सेटिभ इण्डेक्स ०.०५ प्रतिशतले घटेको छ ।

सेयर बजार घटेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा घटेको छ । यसदिन ३१० कम्पनीको १ करोड १८ लाख १ हजार ३६० कित्ता सेयर ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार ७५१ रुपैयाँमा खरिदबिक्री भए । सोमबार ६ अर्बमाथिको सेयर कारोबार भएको थियो । त्यसअघि आइतबार ७ अर्ब ६७ करोड बढी मूल्यको सेयर कारोबार भएको थियो ।

सामान्य अंकले घटेको बजारमा दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो । चन्द्रगिरि हिल्सको १० र नेपाल लुबे ओइलको ९.९९प्रतिशतले सेयर मूल्य बढेको हो ।

यसदिन मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए । सो कम्पनीको ६.२० प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स ५५ करोडको कारोबार गरी शीर्षस्थानमा रह्यो । यसैगरी अपी पावरको १८ करोड,एनआरएन इन्फ्रास्टक्चरको १३ करोड,नगदी ग्रुपको ११ करोड र सोनापुरको १० करोड मूल्य बराबरको सेयर कारोबार भयो ।

कारोबारमा आएका उपसमूहमध्ये ६ वटाको मूल्य बढ्यो भने ७ को मूल्य घट्यो । आज १०३ कम्पनीको मूल्य बढ्दा १३७ वटाको घट्यो भने ८ को मूल्य स्थिर रह्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 2 =