पर्यटन बोर्डमा चिनियाँ फोटो प्रदर्शनी (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ नेपाल सान्दोङ (बिन्जु) सांस्कृतिक सप्ताह तथा सान्दोङ फोटोग्राफी प्रदर्शनी सुरु भएको छ ।

सोमबार नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदान एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रदर्शनी सुरु गरिएको हो ।

नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनियाँ राजदूतावास तथा नेपाल फोटो पत्रकार महासंघको समन्वय तथा चीनको साङदोङ प्रान्त र सान्दोङ (बिन्जु) फोटोग्राफी एशोसिएसनको आयोजनामा उक्त प्रदर्शनी सुरु भएको हो ।

उक्त प्रदर्शनी एक सातासम्म चल्ने छ ।

चिनियाँ नयाँ वर्षको अवसरमा आयोजना गरिएको यो फोटो प्रदर्शनीको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा। धनन्ज्य रेग्मीले नेपाल र चीनबीच लामो धार्मिक तथा संस्कृति सम्बन्ध रही आएको उल्लेख गर्दै फोटो प्रदर्शनीले दुई देशबिचको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।

‘नेपालको पर्यटन प्रवर्द्धन गर्न हामीले चिनियाँ दूतावाससँग मिलेर विभिन्न कार्यक्रम आयोजना गरेका छौं । जसको कारण पनि नेपालमा आउने चिनियाँ पर्यटकको संख्या निरन्तर बढ्दै गइरहेको छ । चिनीया नयाँ वर्षको सनर्दभमा आयोजना गरिएको यो फोटो प्रदर्शनीले पनि एक देशले अर्को देशका पर्यटकीय गन्तव्य तथा त्यहाँको संस्कृति चिन्ने मौका मिल्ने तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरेका छौं ।’ उनले भने ।

यस्तै नेपाल स्थित चिनियाँ दूतावासका काउन्सिलर से यू ले सान्दोङ सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण प्रान्त रहेको चर्चा गर्दै फोटो प्रदर्शनीको माध्यमबाट दुई देशबिचको सम्बन्ध थप सुमधुर बन्ने तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा नेपाल चीन फ्रेन्डसीप फोरमका अध्यक्ष डा. कल्याणराज शर्मा, नाराका अध्यक्ष शिव अधिकारी, बिन्जु फोटोग्राफी एसोसिएसनका अध्यक्ष लि ज्याङ मिङ, फोटो पत्रकार महासंघका अध्यक्ष हरि प्रसाद रेग्मी लगायतले यस प्रकारको फोटो दुवै देशमा आयोजना गर्न सके दुई देशको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।

फोटो प्रदर्शनीमा साङदोेङ प्रान्तका विभिन्न ६० वटा तस्बिर राखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *