‘प्रकृति : सहअस्तित्वको खोजी’ किताबमाथि अन्तरसंवाद

काठमाण्डौँ । बन विज्ञानको क्षेत्रमा अध्ययन गरी विभिन्न संस्थामा कार्यरत प्राविधिकहरूले लेखेको ‘प्रकृतिः सहअस्तित्वको खोजी नामक पुस्तक माथि परिचर्चा भएको छ ।

शनिवार वानेश्वरको के एन्ड के कलेजमा पुस्तकमाथि छलफल भएको हो ।

किताबमा २७ बन प्राविधिकका अनुभूतिजन्य निबन्धहरू छन् । तिनमा बन विज्ञानका क्षेत्र प्रवेश गर्दाका सङ्घर्ष मात्रै होइन, नीति निर्माण तहबाट भए गरेका कमजोरी र सुधार गर्नुपर्ने कुराहरू समेत उल्लेख भएका छन् ।

त्यसका साथै वैज्ञानिक अनुसन्धानबाट भएका कुराहरूलाई सरल भाषामा बुझाउने प्रयत्न भएको र त्यसलाई अझै परिष्कृत गरि आम पाठकमाझ पुराउनुपर्ने कार्यक्रमका वक्ता एवं वातावरण पत्रकार रमेश भुसालले बताए ।

उनले कतिपय प्रमाणिक तथ्य र स्रोतको उल्लेख गरे अझै पाठकको विश्वास जित्न सक्ने सुझाव दिए ।

अर्का वक्ता एवम् कथाकार बिना थिना थिङ तामाङले किताबमा लेखेका अनुभूतिले उक्त समयको सामाजिक जीवनको चित्रण गरेको बताइन् । महिला पात्रले सङ्घर्ष गरेर कठिन प्राविधिक पेसामा होमिँदा गर्नु परेका सङ्घर्षले महिलालाई घर भित्र र बाहिर सहज नभएको सङ्केत गरेको बताइन् ।

त्यस्तै बन प्रशासनका काम गर्ने व्यक्तिहरूको अनुभूतिजन्य किताबमा आफूले प्रत्यक्ष बुझेका बन प्राविधिकहरू भन्दा भिन्न रहेको पाइएको र आत्मालोचना सहित कुरा अझै आउनुपर्ने राय व्यक्ति गरिन् ।

अर्का वक्ता एवम् कवि चेतनाथ कणेलले भने प्राविधिकहरू निरस मात्रै होइन, शृङ्गारिक र साहित्यिक चेतले भरिएका हुन्छन् भन्ने कुरा किताबले पुष्टि गरेको बताए । वक्ताहरूले आगामी प्रकाशनहरूका लागी विषयको एकरूपता बनाउनु पर्ने र लेखनपूर्व कार्यशालाको आवश्यकता रहेका औँल्याए ।

नेपाल विज्ञान पत्रकार समाजले आयोजना गरेको उक्त कार्यक्रमलाई पत्रकार मिलन बुढाथोकीले सहजीकरण गरेका थिए । किताब नेपाल बन प्राविधिक संघ र इन्डिगो इन्कले संयुक्त रूपमा प्रकाश गरेको किताब डा.हिमलाल श्रेष्ठ र डा.रोशन शेरचनले सम्पादन गरेका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *