यू १९ विश्वकप : न्युजिल्यान्डविरुद्ध सय रन बनाउँदा नेपालले गुमायो ५ विकेट

आईसीसी यू १९ विश्वकपमा ३०३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले एक सय रन बनाउँदै ५ विकेट गुमाएको छ। नेपालका सुरुवाती ५ विकेट गुमेसँगै न्युजिल्यान्डविरुद्ध नेपालको जितको सम्भावना कम हुँदै गएको छ।

नेपालका ओपनर दीपक बोहरा शून्य रनमै आउट भए। अर्का ओपनर अर्जुन कुमाल अर्धसतक बनाएर खेलिरहेका छन्। कप्तान देव खनाल ३४ बलमा ३६ रनको योदगान गरेर आउट भए। उत्तम मगर शून्य रनमै आउट हुँदा आकाश त्रिपाठी र गुल्शन झा २ रनमै पेबेलियन फर्किए। ११ रन बनाएका दीपक बोहरा अर्जुनसँग क्रिजमा छन्।

२४ ओभरको खेल सकिँदा नेपालले ५ विकेटको क्षतिमा ११६ रन बनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − six =