राइटपाथमा भ्वाईस अफ नेपालका फस्ट रनरअफ ‘योन्जन’ लाई सम्मान

काठमाडौँ । भ्वाईस अफ नेपालका फस्ट रनरअफ मकर बहादुर योन्जनलाई राइटपाथ करियर काउन्सिलिङले सम्मान गरेको छ ।

बिहीबार पुतलीसडकस्थित कार्यालयमा योञ्जनलाई सम्मान गरिएको हो । संस्थाका सिइओ फिलिप डिसीले योन्जनलाई सम्मान गरेका थिए ।

सिइओ डिसीले वधाई तथा शुभकामना प्रदान गर्दै मकर योन्जन भ्वाईस अफ नेपालका फस्ट रनरअफ भएता पनि आफ्नो लागि भने विजेता नै भएको बताए ।

योञ्जनलाई सम्मान गर्न पाउँदा खुसी लागेको छ । ‘उहाँ भ्वाइस अफ नेपालमा फस्ट रनरअफ हुनुभयो । तर मेरो लागि भने उहाँ विजेता हो’ डिसीले भने।

सम्मान कार्यक्रममा गायक योञ्जनले पहिलादेखि नै राइटपाथ करियर काउन्सिलिङमा आउन मन लागेको बताउँदै राइटपाथले विदेशमा उच्च शिक्षा हासिल गर्न जान चाहने बिद्यार्थीहरुको लागी खेलेको भूमिकाको प्रशंसा गरे ।

राइटपाथ करियर काउन्सिलिङबाट कक्षा १२ पास गरिसकेका, डिप्लोमा, ब्याचलर, मास्टर्स अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीले शैक्षिक परामर्श लिन सक्छन् । राइटपाथले बेलायत (युके), क्यानडा, अस्ट्रेलिया, न्युजिल्याण्ड, अमेरिका जस्ता गन्तव्यका लागि काम गर्दै आएको छ।

काठमाडौँको पुतलीसडकमा मुख्य कार्यालय रहेको सो संस्थाका चितवन, दाङ, हेटौँडा, झापा, धनकुटा र काठमाडौँको नयाँ बानेश्वोर, ललितपुरको कुमारी पाटीमा शाखाहरू सञ्चालनमा छन्। यी शाखाहरुबाट पनि शैक्षिक परामर्श दिँदै आएको छ। यस्तै राइटपाथले सामाजिक सेवामा पनि योगदान गर्दै आएको छ।

प्रतिक्रिया

One thought on “राइटपाथमा भ्वाईस अफ नेपालका फस्ट रनरअफ ‘योन्जन’ लाई सम्मान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =