ट्रकमा राखेर जंगी अड्डा लगियो सेनाको हेलिकप्टर
२०८० माघ ५ गते

कमाठडौँ । नेपाली सेनाको हेलिकोप्टर ट्रकमा राखेर जंगीअड्डा पुर्याएको छ ।
९ माघदेखि चार दिनसम्म हुने सैनिक प्रदर्शनीका लागि ट्रकमा राखेर होलिकोप्टर जंगीअड्डा लगिएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए ।
सेनाले मर्मतका लागि राखिएको हेलिकप्टर प्रदर्शनीस्थलमा लगेको हो । चलिरहेको हेलिकोप्टर राख्दा बीचमा तत्काल केही समस्या परे निकाल्न गाह्रो हुने भएकाले बिग्रिएको लगिएको हो ।
कलसाइन एनए ०३३ को यो हेलिकोप्टरको केही पार्टस् मर्मतका लागि पठाइएको छ।
जंगीअड्डाले शिवरात्रीका बेला सेना दिवस मनाउँदै आएको छ । त्यसको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
२०८० माघ ५ गते
प्रतिक्रिया
सम्बन्धित








