दुई करोड नगदसहित समातिए कपडा व्यापारी, हुण्डीमा संलग्न रहेको आशंकामा निगरानीमा थिए अग्रवाल
२०८० माघ ५ गते

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजश्व छली गरेको आरोपमा कपडा व्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ । बिहीबार राति क्षेत्रपाटीस्थित उनको निवासमा विभागको टोलीले छापा मारी दुई करोड नगदसहित उनलाई पक्राउ गरेको हो ।
उनीमाथि हुन्डी र सुन कारोबार गरी राजश्व छली गरेको आरोप छ । अग्रवालको साथबाट दुई हजार अमेरिकी डलर पनि बरामद भएको विभागले जनाएको छ ।
अग्रवाल सुन र हुन्डी कारोबारमा संलग्न भएको विषयमा थप अनुसन्धान भइरहेको विभागका एक अधिकारीले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार अवैध धन्दामा लागेको शंकामा अग्रवाललाई लामो समयदेखि निगरानीमा राखिएको थियो । उनी क्रिप्टोकरेन्सीमा समेत संलग्न रहेको विभागको अनुमान छ । अहिले उनलाई राजस्वको हिरासतमा राखिएको छ ।
*यसअघि फोटो अन्यथा परेकोमा सच्याइएको छ -सम्पादक
२०८० माघ ५ गते
प्रतिक्रिया
सम्बन्धित








