भक्तपुरमा मृत भेटिइन् सशस्त्रकी बक्सिङ खेलाडी

सशस्त्र प्रहरी बलकी बक्सिङ खेलाडी निता गोसाई मृत फेला परेकी छन्।

सशस्त्र प्रहरीको सिपाई समेत रहेकी २८ वर्षीया गोसाई भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताए।
उनका दाजुले झुण्डिएको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।

गोसाईका परिवारले एक पुरूषविरूद्ध आत्महत्या दुरूत्साहनको कसुरमा जाहेरी दिएका छन्। प्रहरीले उनीहरुको जाहेरीका आधारमा एक पुरुषलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको डीएसपी पाठकले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =