श्रम आप्रवासन नीतिको प्रारम्भिक मस्यौदामाथि छलफल

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम आप्रवासन नीतिको प्रारम्भिक मस्यौदामाथि सरोकारवाला निकाय र व्यक्तिसँग सुझाव सङ्कलनका लागि अन्तरक्रिया गरेको छ।

मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा श्रममन्त्री शरतसिंह भण्डारीले आन्तरिक र बाह्य रोजगार मर्यादित बनाउनका लागि पहलकदमी लिन सरकारले उक्त नीति बनाउन लागेको बताए।

साथै उनले आन्तरिक तथा बाह्य आप्रवासन समस्यालाई व्यवस्थित गर्न तदारुकताका लागि र आगामी पञ्चवर्षीय योजनामा रोजगार प्रवद्र्धनका लागि नीतिको आवश्यकता औंल्याए।

कार्यक्रममा सचिव केवलप्रसाद भण्डारीले कार्यदलबाट आएका सुझाव समेटी मस्यौदालाई थप परिमार्जन गरिने प्रतिबद्धता व्यक्त गर्दै नीतिमा स्वास्थ्य र सामाजिक सुरक्षालाई मूल आधार बनाउन मन्त्रालय प्रयन्तरत रहेको उल्लेख गरे। सो अवसरमा विभिन्न सरोकारवाला निकाय र व्यक्तिले मस्यौदाका विभिन्न प्रावधानमाथि आफ्ना धारणा र सुझाव दिएका थिए।

श्रम मन्त्रालयले श्रम विज्ञ डा। गणेश गुरूङको संयोजकत्वमा श्रम आप्रवासन नीतिको मस्यौदा बनाउन कार्यदल गठन गरेको थियो। कार्यदलले श्रम आप्रवासन नीतिबारे सरोकारवालासँग छलफल गर्न सुरु गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *