काठमाडौं उपत्यकामा पानी वितरणको समस्या समाधान गर्न बन्यो समिति
२०८० माघ ३ गते

काठमाडौं । सरकारले मेलम्ची खानेपानी वितरणको समस्या समाधानका लागि समिति गठन गरेको छ । सरकारले मन्त्रीस्तरको निर्णयबाट समस्या समाधानका लागि मेलम्ची खानेपानी विकास समितिका सीडीई पदमबहादुर कुँवरको संयोजकत्वमा चार सदस्यीय सहजीकरण समिति गठन गरेको हो ।
समितिको सदस्यहरूमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का उपप्रवन्धक उमेशबाबु मरहट्ठा, आयोजना कार्यान्वयन निर्देशनलायका सीडीई विकेश बधानथ्याचे र केयूकेएलकै दिपेश ढकाल रहेका छन् ।
मेलम्चीको पानी हाल परीक्षण भएका नयाँ र पुरानै वितरण लाइनबाट वितरण गरिएको छ । ती लाइनबाट सन्तुलित रुपमा पानी वितरण तथा चुहावट भएरनभएको, धमिलो पानी आएकोबारेमा समितिले अनुगमन गर्नेछ ।

२०८० माघ ३ गते
प्रतिक्रिया
सम्बन्धित








