नेपाल र वेस्ट इन्डिजबीचको खेल वर्षाले अवरुद्ध
२०८० माघ २ गते

आइसिसी यू-१९ विश्वकपअन्तर्गत नेपाल र वेस्ट इन्डिजबीचको अभ्यास खेल वर्षाले अवरुद्ध भएको छ।
दक्षिण अफ्रिकाको जोहानेसवर्गमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि वेस्ट इन्डिज ब्याटिङमा उत्रिएको थियो।
वेस्ट इन्डिजले ८.३ ओभरमा ३३ रन जोड्दा १ विकेट गुमाएको थियो। नेपालका लागि गुल्सन झाले एक विकेट लिएका थिए। त्यसपछि वर्षाले खेल अवरूद्ध भएको हो।
विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्दैछन् भने नेपाल समूह ‘डी’ मा छ।
सन् २०१६ पछि पहिलो पटक यू-१९ विश्वकप खेल्न लागेको नेपालले समूहमा अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
२०८० माघ २ गते
प्रतिक्रिया
सम्बन्धित








