१५ हजारलाई रोजगारी दिनेगरी गौरवका योजनाहरू अघि सारेका छौँ : सुनिता डंगोल

काठमाडौँ । काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले हरेक वर्ष १५ हजार महानगरवासीलाई रोजगारी दिनेगरी १० वटा गौरवका योजनाहरू अघि सारिएको बताएकी छन् ।

मंगलवार काठमाडौँमा महानगर गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमको समुद्घाटन कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् ।

उनले महानगरवासीलाई स्वरोजगार बनाई आय वृद्धिका लागि महानगरले गौरवका योजनामार्फत सीप विकासको काम गर्न लागेको बताइन् । उनले १० वटा गौरवका योजनाहरूमा महत्वपूर्ण योजना रोजगारीसँग जोडिएको बताइन् ।

उपप्रमुख डंगोलले महानगरले हरेक वर्ष कम्तीमा १५ हजार महानगरवासीलाई दक्षजनशक्ति बनाएर रोजगारी दिने क्षमता राख्नुपर्ने लक्ष्य लिएर काम गरिहरेको उल्लेख गरिन् ।

उनले सीप र दक्षता भएकालाई रोजगार दिने र जनशक्ति उत्पादन बीचको खाडल पूर्ण महानगरले सीप विकास तालिम दिने बताइन् ।

उनले भनिन् ‘आगामी तीन वर्षमा पूरा गर्नेगरी १० वटा गौरवका योजनाहरू अघि सारेका छौं । ती योजनाले तीन वर्षमा ट्रान्जिवल परिणाम दिने अपेक्षा राखेका छौँ । जसमध्ये महत्वपूर्ण गौरवको आयोजना रोजगारीमा जोडिएको छ । रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि नाराका साथमा कार्यक्रम अघि सारेका छौं । यो कार्यक्रमको लागि १० करोड बजेट पनि छुट्याएका छौं । कम्तीमा पनि १५ हजार जना महानगरवासीलाई रोजगारी दिनसक्ने क्षमता राख्नुपर्ने लक्ष्य लिएका छौँ । सीप र दक्षता भएकालाई रोजगार दिने र जनशक्ति उत्पादन बीचको खाडल पूर्ण केही पहलकदमी गनुपर्छ भनेर काठमाडौं महानगरपालिकाले दक्ष कामदार उत्पादन गर्ने र रोजगारी दिनेहरुबीचमा पुलको काम गर्दैछौं । विभिन्न रोजगारदाताहरू र दक्ष सीप सिकाउनेहरूसँग पनि सहकार्य गर्दैछौं । जसले गर्दा अध्ययन गरे अनुसारको काम पाउनु र पढाई पनि बजारमा आवश्यकता भएको जनशक्ति उत्पादन होस् भन्ने उद्देश्य रहेको छ । नेपाल साइवर सेक्युरिटिज छात्रवृत्ति कार्यक्रमले पनि यो खाडल पूर्ण योगदान पुर्याउनेछ । यो कार्यक्रमको उद्देश्य रोजगारी, आय वृद्धि र क्षमता विकास गर्ने विश्वास लिएका छौँ ।’

उनले तालिमको उद्देश्य रोजगारी,आय वृद्धि र क्षमता विकास गर्ने रहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *