विश्वकपअघि आज स्कटल्याण्डविरुद्ध खेल्दै नेपाल

काठमाडौं । नेपालले आज स्कटल्याण्डविरुद्ध पहिलो अभ्यास खेल खेल्दैछ । आईसीसी यू-१९ विश्वकप खेल्न हाल दक्षिण अफ्रिकामा रहेको नेपाली क्रिकेट टोलीले शनिबार पहिलो औपचारिक अभ्यास खेलमा स्कटल्यान्डको यू-१९ टोलीसँग औपचारिक रूपमा पहिलो अभ्यास खेल खेल्न लागेको हो ।

नेपाल र स्टकल्यान्डबिचको पहिलो अभ्यास खेल नेपाली समयअनुसार, दिउँसो १ः४५ बजे सुरु हुनेछ । सोही दिन नामिबिया र अमेरिका, दक्षिण अफ्रिका र पाकिस्तान तथा अस्ट्रेलिया र भारतबिच पनि अभ्यास खेल खेलिने छ । नेपालले दोस्रो अभ्यास खेल भने जनवरी १६ (मंगलबार) वेस्ट इन्डिजको यू-१९ टोलीसँग खेल्नेछ ।

त्यसपछि जनवरी १९ तारिखदेखि यू-१९ विश्वकप सुरु हुनेछ । यू-१९ विश्वकपमा नेपालसहित १६ वटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान पनि परेका छन् ।

नेपाली टिम
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपिन रावल, दिपक बोहोरा, तिलकराज भण्डारी र आकाश चन्द।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =