तपस्वी बमजनलाई थुनामा पठाउन जिल्ला अदालतको आदेश
२०८० पुस २६ गते

काठमाडौं । जिल्ला अदालत सर्लाहीले तपस्वी रामबहादुर बमजनलाई थुनामा पठाउन आदेश दिएको छ ।
जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बिहीबार उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो ।
अदालतमा बमजनले १२/१४ वर्षीय किशोरीलाई बलात्कार र यौन दुरूपयोग गरेको मुद्दामा सुनुवाइ भएको थियो ।
सोही अभियोगमा पक्राउ गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बुधवार राति सर्लाही पठाएको थियो ।
उनी विरुद्ध तीन जिल्लामा मानिस बेपत्ता पारेको तथा जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेका छन् ।
यो पनि पढ्नुहोस्–अदालतमा बमजनको बयान सुरु, थुनछेक आदेश हुने
२०८० पुस २६ गते
प्रतिक्रिया
सम्बन्धित








