बमजनलाई सार्वजनिक गर्दै प्रहरी, त्यसपछि सर्लाही अदालतमा उपस्थित गराउने
२०८० पुस २५ गते

काठमाडौं । हत्या र यौनहिंसाका आरोपित रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सार्वजनिक गर्ने भएको छ । मंगलबार काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका उनलाई दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने भएको हो ।
सार्वजनिक गरेपछि आरोपित बमजनलाई आजै सर्लाही पठाउने प्रहरीको तयारी छ । जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पूर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउने तयारी गरिएको हो ।
यो पनि : बमजनको घरबाट करोड ३ लाख रुपैयाँ र १५ वटा मोबाइल बरामद, विदेशी मुद्रा गन्न बाँकी
२०८० पुस २५ गते
प्रतिक्रिया
सम्बन्धित








