कम्पनीबारे आफूखुसी समाचार सम्प्रेषण गरिएको भन्दै सूर्यज्योति लाइफको ध्यानाकर्षण

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीप्रति नकारात्मक असर पुर्‍याउने हेतुले आफूखुसी समाचार सम्प्रेषण गरेको भन्दै ध्यानाकर्षण गराएको छ ।

कम्पनीले सोमबार विज्ञप्ति जारी गर्दै सत्य तथ्य नबुझी तथा विषयगत ज्ञान नराखी समाचारहरूको सम्प्रेषण भएको भन्दै ध्यानाकर्षण गराएको हो ।

कम्पनीले सदैव संस्थागत सुशासन, बीमा ऐन र नीति नियमको अवलम्बन गर्दै आएको र नियमनकारी निकाय बीमा प्राधिकरणको प्रत्यक्ष निगरानी र निर्देशन अनुसार आफ्ना सम्पूर्ण कार्यसम्पादन गर्दै आएको जनाएको छ ।

उक्त विज्ञप्तिमा नेपाल सरकारका अन्य नियामक निकाय कम्पनी रजिस्ट्रारको कार्यालय, आन्तरिक राजस्व कार्यालय, नेपाल स्टक एकस्चेञ्ज (नेप्से), नेपाल धितोपत्र बोर्ड (सेबोन), सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड लगायत सबै सरोकारवाला नियामक निकायहरूको नीति, नियम र निर्देशनहरूको परिधि भित्र रहेर सो निर्देशनहरूको पूर्ण परिपालना गर्दै संस्थागत सुशासनलाई प्राथमिकता दिई कार्य गर्दै आएको उल्लेख गरिएको छ ।

कम्पनीले आधारहीन समाचारको पछि नलागी पूर्ण रूपमा निर्धक्क भई दृढ विश्वास राखी विगतमा झैँ कम्पनीले जारी गरेको बीमालेख खरिद गर्न र अन्य सेवासुविधा लिनुहुन सबैलाई आग्रह गरेको छ ।

कम्पनीसँग सम्बन्धित कुनै सुझाव वा गुनासो भएमा नजिकको शाखा कार्यालय वा कम्पनीको इमेल मार्फत उपलब्ध गराइदिन अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + thirteen =