मधेशमा कांग्रेसका ढुंगाना र जसपाकी चौधरीको मनोनयन दर्ता

काठमाडौं । मधेश प्रदेशमा सत्ता गठबन्धनबाट राष्ट्रियसभा सदस्यका लागि दुई जनाले मनोनयन दर्ता गराएका छन् ।

नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना अन्य र जनता समाजवादी पार्टी (जसपा)बाट पूजा चौधरीले महिला समूहतर्फ मनोनयन दर्ता गराएकी हुन् ।

राष्ट्रिय सभा सदस्यका रिक्त अन्य र महिला समूह तर्फ दुई पदका लागि निर्वाचन हुन लागेको छ ।

गठबन्धनबाट मनोनयन दर्ता गराउने ढुंगाना धनुषाका हुन् भने चौधरी रौतहटकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *