देउवाले पेलेपछि बैठक छाडेर हिँडे शेखर

राष्ट्रिय सभाको उम्मेदवार तय गर्न नेपाली कांग्रेस संसदीय बोर्डको बैठकबाट शेखर कोइराला बाहिरिएका छन्। बैठक चलिरहेका बेला उनी त्यहाँबाट बाहिरिएका हुन्।

कोइरालाले आफ्नो समूहबाट चार जनालाइृ उम्मेदवार बनाउन माग गरेका थिए। तर शेरबहादुर देउवाले २ जना मात्रै दिन सकिने बताएपछि शेखर असन्तुष्ट भएका हुन्। जति जोड गर्दा पनि संस्थापन पक्षले पेलेपछि उनी बैठक नै छाडेर हिँडेको एक नेताले बताए।

उक्त बैठकमा जानु अघि शेखरले आफ्नो पक्षका नेताहरुसँग छलफल गरेका थिए। उक्त छलफलमा पनि आफ्नो समूहको बटम लाइन ४० प्रतिशत बनाउने र त्यसमा कुरा नमिले पछि नहट्ने निर्णय गरेका थिए।

राष्ट्रिय सभामा कांग्रेसले १० सिट पाएको छ। सबैभन्दा बढी पाए पनि कांग्रेसभित्र सहमती जुटाउन भने गाह्रो परेको छ। शेखरको समेत गृह प्रदेशबाट देउवाले कृष्णप्रसाद सिटौलालाई टिकट दिइसकेका छन्। सिटौला झापाबाट प्रतिनिधि सभाको चुनावमा पराजित भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + six =