भारतीय टी-२० टिममा फर्किए रोहित शर्मा र विराट कोहली

भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा र पूर्व कप्तान विराट कोहली अफगानिस्तान विरुद्धको तीन खेलको टी–२० शृंखलाका लागि भारतीय क्रिकेट टिममा फर्केका छन्।
उनीहरु एक वर्षभन्दा बढी समयदेखि टि–२० क्रिकेट टोलीमा सामेल थिएनन्।
सन् २०२२ मा इंग्ल्याण्डमा भएको टी–२० विश्वकप पछि यो फर्म्याटमा खेलेका थिएनन् । जुनमा वेस्ट इन्डिज र संयुक्त राज्य अमेरिकामा हुने विश्वकपको तयारीका लागि उनीहरुलाई टिममा बोलाइएको हो।
भारतले अफगानिस्तानसँग विश्वकपअघि अन्तिम टी–२० शृंखला खेल्दै छ । यी खेल जनवरी ११, १४ र १७ मा हुने छ । यो शृंखलाका लागि रोहितलाई कप्तान बनाइएको छ।
उनको अनुपस्थितिमा टोलीको नेतृत्व गरेका हार्दिक पाण्ड्या र सूर्यकुमार यादव घाइते भएकाले टिममा छैनन्।
अफगानिस्तानसँगको खेलपछि भारतीय खेलाडी इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटका लागि आ–आफ्नो टिममा जाने छन्। आईपीएल सकिए लगत्तै टी–२० विश्वकप सुरु हुने छ ।
यस्तो छ भारतको टोली :
रोहित शर्मा (कप्तान), शुभमन गिल, यशस्वी जैसवाल, विराट कोहली, तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा (विकेटकिपर), सञ्जु सैमसन (विकेटकिपर), शिवम दुबे, वाशिंगटन सुन्दर, अक्षर पटेल, रवि बिश्नोई, कुलदीप यादव, अर्शदीप सिंह , आवेश खान र मुकेश कुमार।








