ईपीएस कोरिया शाखाको निर्देशकमा कँडेल नियुक्त

काठमाडौं । रोजगार अनुमति प्रणाली ‘ईपीएस’ कोरिया शाखाको कार्यकारी निर्देशकमा मैयाँ कँडेललाई नियुक्त गरिएको छ । शुक्रबार वैदेशिक रोजगार विभागले मैयाँ कँडेललाई ईपीएस कोरिया शाखाको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशन डण्डुराज घिमिरेले मन्त्रालयले कँडेललाई निर्देशकमा नियुक्त गरेसँगै कार्यालयमा हाजिर भइसकेको बताए । यसअघि ईपीएस कोरिया शाखाको निर्देशकमा रहेका गुरुदत्त सुवेदीलाई पुस १३ गते निलम्बन गरेको थियो । ईपीएस कोरियाका लागि आवेदन फारम भर्न पाउनुपर्ने माग राख्दै भएको आन्दोलनको क्रममा २ जनाको ज्यान गएको थियो ।

उक्त घटनापछि सरकारले निर्देशक सुवेदीसहितकालाई निलम्बन गरेको थियो । ईपीएस कोरिया विवादपछि शाखाको निर्देशकको पद खाली नै रहेको थियो भने, आज करिब एक सातापछि कँडेललाई पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =