नेपालले चीन र भानरतसँग पर्यटनको क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्छ : वर्षमान पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुनले नेपालले चीन र भानरतसँग पर्यटनको क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने बताएका छन् ।

बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालमा चीन पहिलो, भारत दोस्रो र तेस्रोमा अमेरिकाबाट बढी पर्यटकहरू आइरहेको उल्लेख गर्दै चीन र भारतसँग नेपालले पर्यटनको क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने बताए ।

उनले भारतबाट वार्षिक ५ करोड र चीनबाट वार्षिक १० करोड पर्यटकहरू बाहिरिने गरेको भन्दै ती पर्यटकहरू नेपालले तान्न सक्नुपर्ने बताए । उनले नेपालले चीन र भारतसँग प्रतिस्पर्धा गर्नसक्ने बजार पर्यटन मात्रै भएको बताए ।

उनले भने ‘हाम्रा खास भारत र चीन छन् । चीन एक नम्बर र दुई भारतबाट पर्यटकहरू बढी आउने गर्दछन् । त्यस्तै तेस्रोमा अमेरिकाबाट पर्यटकहरू आइरहेका छन् । भारतबाट २०२३ को जुलाईमा एउटा महिनामा मात्रै २२ लाख ३२ हजार पर्यटकहरू बाहिर गए । त्यसले सामान्यतया वार्षिक ५ करोड पर्यटक बाहिर जान्छन् । त्यस्तै चिनियाँहरू २०१९ मा १५ करोड ४६ लाख र २०२३ को ६ महिनामा ४ करोड बाहिर गएका छन् । यो वर्ष १० करोड पर्यटक चीनबाट बाहिरिएका छन् । यो असाध्यै ठूलो अवसर हो । हामीले प्रतिस्पर्धा गर्नसक्ने बजार भनेको यही हो । किनभने हामीले ठूला ठूला उत्पादन गरेर चिनियाँ बजारमा वा भारतीय बजारमा प्रतिस्पर्धा गर्न सक्दैनौँ । तर प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र यो हो । त्यही सम्भावनाअनुसार नै पर्यटकहरू पनि आइरहेका छन् । भारतीय पर्यटक बाहिर केका लागि जान्छन्। उनीहरु विवाहका लागि युएई जाँदा रहेछन् । हामीले अहिले हेर्दा विवाहका सिजनमा बोर्डरका होटल प्याक हुन्छन्, यो सम्भावना देखिन्छ । बोर्डरका क्षेत्रमा क्यासिनो वा मिनिक्यासिनो असाध्यै चल्छ । युपी र बिहारमा मदिरा निषेध गरेको छ । यतातिर यसलाई नियन्त्रित रूपले चलाउन सकिन्छ ।’

उपमहासचिव पुनले भारतीय पर्यटकका लागि सिमानाका होटलहरु वैवाहिक सिजनमा चलायमान बनाउने र आकर्षक बनाउनुपर्ने बताए । उनले भारतसँगका सिमाना नजिकमा क्यासिनो वा मिनिक्यासिनो सञ्चालन गर्नसके पनि राम्रो हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *