जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

काठमाडौँ । झापाका ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ती गाउँपालिका–४ बस्ने ३७ वर्षीय सुमन लिम्बुलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

लिम्बुले ती महिलालाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै मोरङ, १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका–१० त्रिवेणी चोक बस्ने ५५ वर्षीय पदम मगरलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पदमले ती बालिकालाई मंगलबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + eight =