रविमाथि खोया प्रहार गर्ने रानाभाट साधारण तारखेमा छुटे

पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई खोया प्रहार गरेका युवक साधारण तारेखमा छुटेका छन्।

खोया हानिसकेपछि प्रहरीले सम्झाइबुझाइ गर्दा प्रहरीमाथि नै हातपात र अभद्र व्यवहार गरेकाे आराेपमा पक्राउ परेका लमजुङका सन्तोष रानाभाट साधारण तारेमा छुटेका हुन्।

प्रहरीले उनलाई अभद्र व्यवहारसम्बन्धी मुद्दा दायर गरी अनुसन्धानका लागि १० दिन हिरासतमा राखेको थियो। रानाभाटले पुस ७ गते लामिछानेलाई पोखराको अमरसिंह चौरमा मकैको खोया प्रहार गरेका थिए।

जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबार रानाभाटलाई साधारण तारेखमा छोड्न आदेश दिएको हो। आदेशसँगै रानाभाटलाई आजै छोडिएको कास्की प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =