वरिष्ठ पत्रकार पोखरेलकाे निधन
२०८० पुस १६ गते

वरिष्ठ पत्रकार गोकुल पोखरेलको काठमाडौंमा निधन भएको छ।
८७ वर्षीय पोखरेलको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा सोमबार निधन भएको उनको पारिवारिक सूत्रले जनाएको छ।
दमको बिरामी रहेका पोखरेल कोभिडबाट संक्रमित भएपछि तंग्रन सकेका थिएनन्। नेपालको जेठो पत्रिका गोरखापत्रका पूर्व सम्पादक गोकुलप्रसाद पोखरेलले राष्ट्रिय समाचार समितिको सम्पादकको जिम्मेवारी पनि सम्हालेका थिए।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्यको रुपमा काम गरेका पोखरेल नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानका सदस्यसमेत थिए। उनले अन्य वरिष्ठ पत्रकारहरुसँग मिलेर सन् १९८४ मा नेपाल प्रेस इन्स्टिच्यूटको स्थापना पनि गरेका थिए।
नेपाल विज्ञान लेखक संघका संस्थापक पनि रहेका पोखरेलले सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्को सदस्यको रुपमा पनि काम गरेका थिए।
२०८० पुस १६ गते
प्रतिक्रिया
सम्बन्धित








