नेपाल ऐन संशोधनमा सरकारको आसन फेरिए पनि तरिका फेरिएन : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले केही नेपाल ऐन संशोधनमा सरकारको आसन फेरिए पनि तरिका नफेरिएको बताएका छन् ।

सोमवार कानुन, न्याय तथा मानवअधिकार समिति बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सांसदहरूको छलफलमा बोल्दै यस्तो बताएका हुन् ।

उनले केही नेपाल ऐनलाई संशोधन गर्ने विषयमा विगत र अहिलेको सरकारमा भिन्नता नभएको आरोप लगाए । उनले सरकारले केही नेपाल ऐनलाई संशोधन गर्ने नाममा आफू अपनकुलको ऐन संशोधनको लागि प्रस्तावहरू आउन थालेको बताए ।

उनले केही वर्षदेखि नेपाल ऐन संशोधन विकृति बढ्दै आएको भन्दै बाहिर प्रश्न उठ्दै आएको बताए ।

महामन्त्री थापाले भने ‘नेपाल ऐन संशोधन केही समयदेखि विकृति हुँदै गयो । लगातार केही वर्ष देखि प्रश्न र विवेचना हुँदै आएको छ । हामीहरूको आसन फेरिएको छ । तर हाम्रो तरिका फेरिएन । २०७४ सालपछि त्यो बेलाको सरकारले केही नेपाल ऐन संशोधन आयो । सारभूत कुरा ल्याउनुहुन्न केही अनुसार्गिक कुराहरू मात्रै ल्याउनुपर्छ भन्ने तरिकाले ल्याइयो । गोकर्ण रिसार्ट केही नेपाल ऐन संशोधनमा ल्याएको थियो । नेपाल ऐन संशोधन पछिल्लो समय जसलाई जे चाहिएको छ त्यही ठ्याक्क बदल्नु छ । यसमा पनि यही देखिन्छ । एउटा कर्मचारीलाई निमित्त दिनको लागि निमित्त अन्तकालसम्म राख्ने प्रस्ताव छ । कसैको उमेर ६५ वर्ष नागेको छ त्यसमा ७० बनाउने भनेर आएको छ । त्यसले पनि नेपाल ऐन संशोधनमा समस्याहरू आएको हो । संसदमा आफ्ना असहमति प्रकट गर्ने फरक फरक तरिकाहरू हुन्छन् । विरोधको सूचनाको पक्षमा हुनेले बोल्न पाउने र नपाउनेले निर्धारण गर्ने होइन । समितिमा अघिल्लो पटकको भिक्टिम हो ।’

उनले विगतका समितिमा ऐन संशोधनको विषयमा सांसदहरूले सुन्न समेत नपाएको ऐन पास भएको भन्दै आफू त्यसको भिक्टिम भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + nine =