महानगरमा बनाउनुपर्ने सांस्कृतिक सम्पदा दुई वर्ष भित्र बनाइसक्छौं : मेयर महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगर क्षेत्रमा बनाउनुपर्ने सांस्कृतिक सम्पदाहरुको निर्माण दुई वर्ष भित्रमा पूर्ण हुने बताएका छन् ।

शुक्रवार ललितपुर १९ को सद्भाव मेला उद्घाटन गर्दै उनले यस्तो बताए । उनले महानगर क्षेत्र भित्रमा बनाउनुपर्ने मठ, मन्दिर, शिवालय, देवालयहरु अबको दुई वर्षभित्र बनाएर सक्ने प्रतिवद्धता जनाए ।

उनले महानगरपालिकालाई स्मार्ट सिटी बनाउने उद्देश्यअनुसार आफू अघि बढिरहेको बताए ।

उनले महानगरको नीतिअन्तर्ग पोखरीहरु मास्न नदिने स्पष्ट पारे । उनले ललितपुर महानगरले सम्पदाको क्षेत्रमा धेरै काम गरिसकेको र लगभग १४० वटा पार्टी पौवा बनाइसकेको बताए ।

उनले भने– ‘महानगरपालिकाले एउटा नीति लिएको छ, त्यो नीति भनेको के हो भने महानगरपालिकालाई स्मार्ट सिटी बनाउने भन्दै गर्दा स्मार्ट सिटीभित्र घटीमा पनि १० प्रतिशत खालि जग्गा हुनुपर्छ । त्यहाँ जो कोही पनि हिँड्न पाउनुपर्छ । मर्निङ, इभिनिङ वाक गर्न पाउनु पर्छ । हामीसँग ३ प्रतिशतमात्रै खुला जग्गाहरु छन् । हामीले एउटा नीति लिएका छौँ, हामीले कुनैपनि संघ, संस्था, व्यक्ति जोसुकै होस्, त्यस्तोहरुलाई सार्वजनिक जग्गा, ऐलानी जग्गा दिँदैनौँ । स्ट्रक्चर पनि बनाउन दिँदैनौँ । यहाँ रहेका धेरै पोखरी निर्माण गरेका छौँ । धेरै पोखरी संवद्र्धन गरेका छौँ । धेरै पार्क निर्माण गरेका छौँ । यही नीतिअन्तर्गत कुनैपनि पोखरी मास्न दिँदैनौँ । कुनैपनि सार्वजनिक जग्गा मास्न दिँदैनौँ । ललितपुर महानगरको क्षेत्रमा सम्पदाको क्षेत्रमा धेरै काम गरिसकेका छौँ । लगभग १४० वटा पार्टी पौवा बनाइसकेका छौँ । महानगर क्षेत्र भित्रमा बनाउनुपर्ने मठ, मन्दिर, शिवालय, देवालयहरु अबको दुई वर्षभित्र बनाएर सक्नेछौँ ।’

मेयर महर्जनले महानगरभित्रका कुनैपनि सार्वजनिक मास्न नदिने पनि स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =