प्रहरीको गोली लागेका थप एक युवकको मृत्यु(अपडेट)

काठमाडौं । बालकुमारी घटनामा थप एक युवकको मृत्यु भएको छ ।

प्रदर्शनका क्रममा बायाँ खुट्टाको घुँडामा गोली लागेका डोटीका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको उपत्यका प्रहरी प्रमुख (एआईजी) दीपक थापाले जानकारी दिए ।

उनि पाटन अस्पतालमा उपचाररत थिए ।

यससंगै घटनमा मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि करिब २३ वर्षीय सुजन राउतको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको थियो ।

राउत बालकुमारी क्षेत्रको सडकमै लडिरहेको अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

ग्वार्कोमा भौतिक पूर्वाधार मन्त्रालयको गाडी जलाइएपछि अवस्था तनावग्रस्त भएको थियो ।

प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए ।

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले शुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 12 =