श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ
२०८० पुस १२ गते

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान्लाई कास्की प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा म्याग्दीको धौलागिरी गाउँपालिका–७ ताकम घर भइ पोखराको नौबिसे बस्दै आएका ३६ वर्षीय रत्नबहादुर घर्ती रहेका छन्।
इलाका प्रहरी कार्यालय शिशुवा डाँडाकोनाकबाट उनलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।
बिहीबार दिउँसो साढे १ बजेतिर घर्तीले आफ्नो श्रीमती २८ वर्षीया रेखाको हत्या गरेको खबर पाएपछि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
२०८० पुस १२ गते
प्रतिक्रिया
सम्बन्धित








