अजरबैजान पठाउँछु भनेर ठगेको आरोपमा पक्राउ

वैदेशिक रोजगारीका लागी अजरबैजान पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ घर भएका हरि कुमार दाहाल छन्।

५१ वर्षका दाहाललाई बुढानिलकण्ठबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए।

पीडित खेम बहादुर डाँगीलाई अजरबैजान पठाउँछु भनेर आरोपीले ६ लाख ७७ हजार रकम लिएपछि सम्पर्क विहीन भएको आरोप छ।

अजरबैजान जान ६ लाख ५० हजार लाग्ने र त्यहाँ ७५ हजार तलब आउने जागिर मिलाइदिन्छु भनेर उनले पीडितलाई प्रभावमा पारेको प्रहरीको अनुसन्धान निष्कर्ष छ।

आरोपीलाई कानुनी कारवाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाएको एसपी रेग्मीले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − five =