निर्माण स्थलबाटै मन्त्रीलाई डा.शेखरको फोन– आक्पारा घाटको पुल निर्माणमा किन ढिलाइ भयो ?

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आक्पारा घाटको पुल निर्माणमा भइरहेको ढिलाइमा चासो लिएका छन् ।

डा.कोइरालाले तेह्रथुमको छथर गाउँपालिका र पाँचथरको तुम्बेवा गाउँपालिका जोड्ने आक्पारा घाटको पुल निर्माणमा भइरहेको ढिलासुस्तीबारे सहरी विकास मन्त्री सीता गुरुङलाई निर्माण स्थलबाटै फोन गरेर चासो लिएका हुन् ।

उनले आक्पारा घाटको पुल निर्माणमा किन ढिलाइ भयो ? भनेर प्रश्न गरेका थिए ।

डा. कोइराला तमोर करिडोर हुँदै फिदिम जाने क्रममा छथर गाउँपालिका–४का कांग्रेस वडा सभापति सिद्धिमान लिम्बू लगायत स्थानीयले आक्पारा घाटको पुल निर्माणमा ढिलाइ भइरहेको गुनासो गरेका थिए ।

डा. कोइरालाले मन्त्री गुरुङलाई काम छिटो सक्न आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 3 =