इजरायली ड्रोन आक्रमणबाट उत्तरी वेस्ट बैंकमा ६ प्यालेस्टाइनीको मृत्यु
२०८० पुस १२ गते

एजेन्सी । उत्तरी वेस्ट बैंकको तुलकर्म सहरमा रहेको नूर शम्स शरणार्थी शिविरमा इजरायली ड्रोन आक्रमणमा परी ६ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयकाअनुसार अन्य गम्भीर घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।
प्यालेस्टिनी सुरक्षा स्रोतहरूका अनुसार इजरायली सेनाले प्यालेस्टिनी लडाकुहरूसँगको युद्धका बीचमा सैन्य बुलडोजरको साथ शिविरमा आक्रमण गरेको बताएका छन् ।
२०८० पुस १२ गते
प्रतिक्रिया
सम्बन्धित








