पल्सर पल्टिदा कमलको मृत्यु 

काठमाडोँ । रामेछापको लिखु तामाकोशी गाउँपालिकाबाट सदरमुकाम मन्थलीतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बागमती प्रदेश ०२-०४३ प ४१८० नम्बरको पल्सर मोटरसाइकल दुर्घटना हुँदा चालक लिखुु तामाकोशी गाउँपालिका-४ कोटगाउँका ५७ वर्षीय कमलबहादुर तामाङको मृत्यु भएको हो ।

बुधबार दिउँसो घरबाट सदरमुकाम मन्थलीतर्फ जाँदै गर्दा लिखु तामाकोशी-७ तिल्पुङस्थित मोडमा मोटरसाइकल अनियन्त्रित भई तल्लो मोडमा झरेको थियो । दुर्घटनामा परी गम्भीर घाइते तामाङलाई घटनास्थलबाट उपचारको लागि सदरमुकाम मन्थलीमा रहेको रामेछाप सामुदायिक अस्पतालमा ल्याइएको थियो । उपचारको क्रममा नै उनको मृत्यु भएको हो ।

मृतक तामाङको शव पोस्टमार्टमको लागि हाल मन्थली अस्पतालमा राखिएको छ । उनका छोराहरू रोजगारीको सिलसिलामा जिल्लाबाहिर रहेकाले छोराहरू आएपछि शव पोस्टमार्टम गरिने र दाहसंस्कारको लागि परिवारलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − seven =