जसपाको बैठकमा साङ्गठनिक प्रस्तावमाथि छलफल
२०८० पुस १० गते

जनता समाजवादी पार्टी, ९जसपा० नेपालको आज बसेको बैठकमा साङ्गठनिक प्रस्तावउपर छलफल भएको छ।
पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् सङ्गठन विभाग प्रमुख र सात प्रदेश समितिका इन्चार्ज रहेको कार्यदलले तयार पारेको जिम्मेवारी बाँडफाँटको प्रस्तावमाथि छलफल भएको सो पार्टीका प्रचारप्रसार विभाग प्रमुख पुर्ण बस्नेतले जानकारी दिए।
उनका अनुसार जसपाले यसअघि केन्द्रीय कार्यकारिणी समिति सदस्य र केही राजनीतिक समिति सदस्यलाई मात्र जिम्मेवारी तोकेको थियो । खासगरी पार्टीका एक सय १९ राजनीतिक समिति सदस्यलाई विभाग तथा संयन्त्रमा जिम्मेवारी दिने गरी तयार पारिएको प्रस्तावमा बैठकमा छलफल भएको जनाइएको छ ।
२०८० पुस १० गते
प्रतिक्रिया
सम्बन्धित








