बारा प्रहरीद्धारा १ करोड १५ लाखको प्याज बरामद

बारा । प्रहरीले ४ महिनाको अवधिमा अवैध तवरले भित्राइएको १ करोड बढी मूल्यको प्याज बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारा र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले गत भाद्रदेखि हालसम्ममा विभिन्न मितिमा १ करोड १५ लाख ८ हजार ७ सय रुपैयाँ मूल्य बराबरको प्याज नियन्त्रणमा लिएको हो ।

बरामद प्याज भन्सार छली गरेर भित्राइएको प्रहरीले जनाएको छ । बरामद प्याज राजश्व कार्यालय, पथलैया बारामा बुझाइएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 12 =