सिन्धुलीमा बससँग ठोक्किएर बाइकमा सवार दुई जनाको मृत्यु

काठमाडौँ । वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहोरेटारमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । सोमबार बिहान करिब सवा ८ बजेतिर बा. प्र. ०१-००६ ख ४५९३ नम्बरको बस र विपरीत दिशामा रहेको बा. ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार खोटाङको दिक्तेल नगरपालिका-१० बस्ने १८ वर्षीया मुनाकला राईको मृत्यु भएको छ । खोटाङ जिल्ला तुवाचुङ नगरपालिका-२ का मोटरसाइकल चालक कुमार राईको भने उपचारका लागि स्थानीय खाल्टे अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सुनकोशी गाउँपालिका-३ का वडाध्यक्ष चन्द्र श्रेष्ठले जानकारी दिए ।

बसचालक मन्थली नगरपालिका-१३ फुलासीका २४ वर्षीय बसचालक रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *