बार्दलीले मिचेको संरचनामा महानगरले चलायो डोजर

काठमाडौं । बिजुलीबजार पुल नजिकै रहेको बार्दली रेष्टुरेन्टले मिचेको संरचना काठमाडौं महानगरपालिकाले भत्काएको छ । बिहीबार बिहान डोजरसहित पुगेका नगर प्रहरीहरूले सडकको भाग मिचेर बनाएको पर्खाल भत्काइदिएको हो ।

वडा नम्बर १०का जनप्रतिनिधि, नापीका प्रतिनिधि र स्थानीयको उपस्थितिमा यसअघि अनधिकृत संरचना बनाएर हडपिएको जग्गाको रेखांकन गरिएको थियो । काठमाडौं महानगरपालिका वडा नम्बर १० को सिट नम्बर १०२-११४६-०६ को कित्ता नम्बर ४१२, २८९, २९०, २६४ र ४ नम्बर कित्ताको सरकारी जग्गा महानगरले छुट्याएको थियो । त्यसपछि सरकारी जग्गा मिचेर बनाइएका संरचना भत्काउन सुरु गरिएको हो ।

रेष्टुरेन्टलाई आफैँ संरचना भत्काउन भनेपनि नमानेपछि महानगरपालिकाले डोजर चलाएर भत्काएको हो । महानगरपालिकाले बार्दली रेष्टुरेन्टभन्दा उत्तरतिरका संरचना भने यसअघि नै भत्काइसकेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *