बाइक जुध्दा दुवै चालकको ज्यान गयो

बारा । निजगढ नगरपालिकास्थित भमरामा दुई मोटरसाइकल आपसमा ठोकिँदा दुई युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार रौतहटबाट निजगढतर्फ आउँदै गरेको बा९७प ९४४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट रौतहट जाँदै गरेको प्रदेश १-०५ ००१ प ५४९७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा बा९७प ९४४ नम्बरका मोटरसाइकल चालक बाग्मती-३ का ३१ वर्षीय बुद्धिबहादुर बल र प्रदेश १-०५ ००१प ५४९७ नम्बरका मोटरसाइकल चालक उदयपुर कटारी-२ का ३४ वर्षीय चन्द्रदीप लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिए । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 7 =